सिन्दूर अपरेशन आतंकवादीविरुद्ध हो, सेना विरुद्ध होइन : प्रधानमन्त्री मोदी

२०८२ बैशाख २९

नयाँ दिल्ली । भारत – पाकिस्तानबीचको पछिलो सैन्य तनावपछिको पहिलो सार्वजनिक सम्बोधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्धको संघर्षमा भारत कहिल्यै पछि नहट्ने स्पष्ट सन्देश दिएका छन् ।

प्रधानमन्त्री मोदीले राष्ट्रका नाम सम्बोधन गर्दै भने, “भारतको कारबाही पाकिस्तानको सेना विरुद्ध होइन, उनीहरूको भूमिमा आश्रय लिएका आतंकवादी र उनीहरूको पूर्वाधारविरुद्ध हो।”

प्रधानमन्त्री मोदीका भने, पाकिस्तानले सीमा क्षेत्रमा हमला गर्ने तयारी गरिरहेकै बेला भारतले आतंकवादको केन्द्रमा प्रहार गरेको हो। “हामीले उनीहरूको योजना बुझ्यौं, तर उनीहरू सीमा पार गरून् भनेर कुर्न बसेनौं। हामी सिधै आतंकका केन्द्रहरूमा पुगेका छौं,”।

प्रधानमन्त्री मोदीले आतंकवादको अन्तर्राष्ट्रिय केन्द्र बनेका भवालपुर र मुरिदकेमा कारबाही भएको खुलासा गरे। यी स्थानहरूका आतङ्ककारी समूहहरू ९र ११ जस्ता ठूला घटनासँग पनि जोडिएका थिए।

मोदीका अनुसार, विश्वले पाकिस्तानको सैन्य अधिकारीहरूलाई आतंककारीहरूको सम्मानमा सहभागी देखेको छ, जसले पाकिस्तानको राज्य प्रायोजित आतंकवादलाई प्रमाणित गरिदिएको छ ।

प्रधानमन्त्री मोदीले स्पष्ट पारे कि अब पाकिस्तानसँग वार्ता, व्यापार वा आतंकवाद एउटै समयमा सम्भव छैन ।“अब वार्ता हुनेछ भने त्यो आतंकवाद र पाकिस्तान अधिकृत कश्मीर (PoK) को सन्दर्भमा मात्र हुनेछ,”।

यो सम्बोधन अप्रिल २२ मा जम्मु–काश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि सुरु भएको ‘अपरेशन सिन्दुर सँग सम्बन्धित पहिलो उच्चस्तरीय सार्वजनिक वक्तव्य हो ।

 

 

प्रतिक्रिया दिनुहोस्: