शिक्षकहरूको आन्दोलन रोक्नेगरी सहमती भयो : शिक्षा मन्त्रालय

२०८२ बैशाख १७

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको आन्दोलन रोक्ने‌गरी सहमति भएको जनाएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकहरूको आन्दोलन भोली(बिहीबार) देखि रोक्नेगरि सहमति भएको बताए ।

शिक्षकहरूसँग भएको सहमतिलाई मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि कार्यान्वयनमा जानेछ । त्यसका लागि अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । आन्दोलन रोक्ने, भोलिदेखि नै पठनपाठनको वातावरण निर्माण गर्नेगरी सहमति जुटेको उनको भनाई छ । आज भएको सहमति मन्त्रिपरिषले निर्णय गरेको खण्डमा मात्रै कार्यान्वयनमा आउनेछ ।

विद्यालय शिक्षा ऐन जारी गर्ने विषयमा सत्तारूढ दलका सचेतकहरूले ऐक्यबद्धता जनाएका छन् । उनीहरूको ऐक्यबद्धतापछि ऐनको सुनिश्चितता समेत भएको उनको भनाइ छ ।

सहमति जुटेपछि पेशागत हकहितका लागि गरिरहेको आन्दोलन रोकिने उनको भनाई छ । महासंघले ९ बुँदे प्रस्ताव शिक्षा मन्त्रालयमा पेश गरेको थियो तिनै विषयमा सहमति जुटेको प्रवक्ता सापकोटाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्: