कश्मीर घटनामा हिन्दूमाथिको आक्रमण निन्दनीय: पूर्व राजा ज्ञानेन्द्र शाह

२०८२ बैशाख १३

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीर स्थित पहलगाममा भएको आतंककारी समूहको आक्रमण प्रति दुःख व्यक्त गरेका छन् ।

पूर्व राजा शाहले एक समवेदना सन्देश जारी गर्दै उक्त आक्रमणका कारण हिन्दूवादी यात्रीहरूको निधन भएकोप्रति आफू दुःखी भएको बताएका छन् ।

पूर्वराजा शाहले भनेका छन् । हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्बु काश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दुवादी यात्रीहरूको दुःखद निधन भएकोमा हामीलाई अत्यन्तै दुःख लागेको छ ।

यो घटनामा परि ज्यान गुमाएका एक नेपालीसहित सबै दिवङ्गत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जली । साथै मृतकजनका सबै शोक सन्तप्त परिवारमा हाम्रो आत्मीय समवेदना । यसैगरी यो दुःखद घडीमा मित्रराष्ट्र भारत सरकारप्रति हामी गहिरो सहानुभूति व्यक्त गर्दछौँ ।

वसुधैव कुटुम्बकम्’को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दू धर्मावलम्बीहरूको दिव्य मानवीय मान्यता हो । त्यो मान्यता विपरीत यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण विश्वक्षेत्र र समग्र हिन्दू समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ ।’

यस्तो घटनाको विश्वव्यापी रूपमा भर्त्सना हुनुपर्ने र सबैबाट निन्दा गरिनुपर्छ भन्ने आफ्नो धारणा रहेको समेत बताएका छन् । पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

केही दिनअघि पहलगाममा भएको आतंकवादी आक्रमणमा १ नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्: