देशभर बढेको गर्मीसँगै मौसमविदले दिए तातो हावा चल्नसक्ने चेतावनी

२०८२ बैशाख १०

काठमाडौं । देशभर गर्मी बढेसँगै तातो हावा चल्ने पूर्वानुमान रहेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।

तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली नभएकोले थप गर्मी बढ्न सक्ने पूर्वानुमान छ ।

मौसमविदका अनुसार ‘आगामी तीन दिन कुनै पनि नयाँ मौसमी प्रणाली नभएको र पश्चिमी वायु तथा स्थानीय वायुको पनि आंशिक प्रभाव मात्र रहेकाले तापक्रम अझै बढ्ने देखिन्छ ।’

मंगलबार लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई वटा मौसम मापन केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रेकर्ड भएको थियो । यसैगरी मधेश प्रदेशका पश्चिमी भूभाग, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरुमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस आसपास रेकर्ड भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्: