१० जेठ, काठमाडौं । चुरेक्षेत्र संरक्षणसहित १२ बुँदे माग बोकेर सप्तरीदेखि पैदल यात्रामा २३ जनाको टोली हिँडेर २५ औं दिनमा आज काठमाडौं आइपुगेको छ । २३ जनाको उक्त टोली बैशाख १७ देखि निरन्तर पैदलयात्रामा छन् ।
चुरे अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै जाँदा आफूहरु समस्यामा परेको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादव जानकारी दिए ।
हाम्रो पहिलो माग नै चुरे र त्यहाँको वन जोगाउनुपर्यो भन्ने हो । अहिले दोहन र अतिक्रमणले गर्दा सबै पानीको स्रोत सुक्यो’, उनले भने ।
चुरेमा भूमाफियाहरुले कब्जा जमाएको र त्यसको मार आफूहरुले खेप्नु परेको यादवको भनाइ छ । त्यहाँ खुला चरिचरण, डढेलो नियन्त्रण गर्नु पर्न यादवले भने ।
पैदल यात्रामा सहभागीहरूले प्लास्टिक र टिनको भाँडोमा “पानीका लागि रुख बचाऊँ, पानी दे सरकार, चुरे र वनको संरक्षण गर” लगायतका नारा उल्लेख गरेका छन् । यादवले आफूहरु १२ बुँदे माग बोकेर काठमाडौं आएको सुनाए ।
अघिल्लो वर्ष पनि यही माग बोकेर ११ दिन हिँडेर काठमाडौं आएर सहमति गरेको तर सरकारले सहमति पालना नगरेपछि आफूहरु पुन: आन्दोलित हुनुपरेको यादवले बताए । ‘हामीहरु २३ औं दिनमा चन्द्रगिरि आइपुगेका थियौं । कतिपय साथीहरुको खुट्टा पूरै सुन्निइसकेको छ । त्यहाँ केही आराम गरेपछि फेरि हिँड्न सुरु गर्यौं’, उनले भने ।



प्रतिक्रिया दिनुहोस्: