समाज
वीरगन्ज । पर्सा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्तीक्षेत्र अन्तर्गत रहेको राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा एक हप्तादेखि लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । वनमा लागेको डढेलो नियन्त्रणमा सम्बन्धित निकायले खासै पहल नगरेको स्थानीयले गुनासो गरेका छन् ।
सव–डिभिजन वन कार्यालय वसन्तपुर, रङ्पुर, मानवा, बढनियार र सोलकपुर तथा पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोष्ट, चारभैया पोष्ट, गडुवा लाइन पोष्टर निर्मल बस्ती पोष्टर पन्चमुखी सामुदायिक बन र सुनाखरी उपभोक्ता समिति, कुशुम बाटिका मध्यवर्ती सामुदायिक अन्तर्गत रहेको वन क्षेत्रमा बिगत एक हप्तादेखि डढेलो लागेको हो । डढेलोका कारण करोडौं मूल्य बराबरका काठ तथा बोट्बिरुवा जलेर नष्ट भएको छ भने त्यहाँका बस्तीमा बसोबास गर्ने बासिन्दालाई डढेलोले स्वास्थ्यमा समस्या देखिएको स्थानीय वासिन्दाले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्: