मधेशी ट्रेड यूनियन महासंघ नेपाल सप्तरी जिल्लाको तदर्थ कार्य समिती गठन

२०८१ फाल्गुन १७

(रामजी यादव) बीरगंज, १७ फागुन। जनता समाजवादी पार्टी नेपालको सुबेक्छुक संघ मधेसी ट्रेड युनियन महासंघ नेपाल सप्तरी जिल्लाको तदर्थ कार्य समिति गठन गरेको छ ।

जसपा नेपाल सप्तरीको जिल्ला पार्टी कार्यालयमा मधेसी ट्रेड युनियन महासंघ नेपाल, मधेस प्रदेशको संयोजक गोपी चन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित एक भेलाले संजय कुमार साहको अध्यक्षतामा १६ सदस्यीय जिल्ला तदर्थ समिति गठन भएको छ।

मधेशी ट्रेड यूनियन महासंघ नेपालको सप्तरीमा गठित जिल्ला तदर्थ कार्य समितिको उपाध्यक्षमा गुलाब यादव, सचिव सरोज कुमार यादव , सह-सचिव रामचन्द्र यादव , कोषाध्यक्ष अमरेन्द्र बर्मा रहनु भएको छ।त्यस्तै सदस्यहरुमा उमेश श्रेष्ठ ,शम्भु परियार, बिरेन्द्र साह, बिन्दालाल यादव , सबिन्द्र यादव , अनिल कुमार रजक, गणेश साह, संतोश कुमार यादव , भरत यादव , प्रबिन झा, र प्रबिन यादव रहनु भएको छ।

सो कार्यक्रममा जसपा नेपाल सप्तरीको जिल्ला अध्यक्ष केदार प्रसाद यादव ,जसपा नेपालको नेता राजबिराज वडा नं.-९ को वडा अध्यक्ष जवाहर यादव , समाजवादी विद्यार्थी युनियन नेपाल, सप्तरीको जिल्ला अध्यक्ष श्याम कुमार यादव लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: