रुपन्देहीमा गोली प्रहार गरी एक युवकको हत्या

२०८१ फाल्गुन १७

बुटवल । रुपन्देहीमा एक युवाको हत्या भएको छ । रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय राकेशसिंह लोधमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार मृतकको टाउकोमा गम्भीर चोट लागेको र शव भएको स्थान रक्ताम्य रहेकाले हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

मृतक घरमा एक्लै बस्ने गरेको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्: