७६ केजी लागुऔषध गाँजासहित दुइ जना पक्राउ

२०८१ फाल्गुन १५

वीरगन्ज । पर्सा प्रहरीले ७६ केजी गाँजा सहित दुईजनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ भतौडाका १९ बर्षीय अर्जुन महतोलाई ४६ केजी प्रतिबन्धित लागूऔषध गाँजा सहित  पक्राउ गरेको र त्यस्तै पटेर्वासुगौली गाउँपालिका वडा नं.१ गदियानीका ३० बर्षीय असलम अन्सारीलाई पनि ३० किलो प्रतिबन्धित गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अर्जुनलाई पर्साको जिरा भवानी गाउँपालिका वडा नं.३ जितपुर स्थित सडक खण्डबाट पक्राउ गरेको हो ।

महतोलाई रोकेर चेकजाँच गर्दा उनको जिउमा कालो प्लाष्टिक भित्र राखिएको २३/२३ के.जी.का दुई वटा पोकामा रहेको ४६ के.जी. लागु औषध गाँजा बरामद भएको प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । त्यस्तै असलम अन्सारीलाई पटेर्वा सुगौली गाउँपालिका वडा नं.१ पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पुरानो भाठा स्थित सडकखण्डमा भाठा मन्दिरबाट शिकारी बाँस तर्फ आउँदै गर्दा पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: