प्रकृति लम्सालका लागि न्याय माग्दै वीरगन्जमा जुलुश प्रदर्शन

२०८१ फाल्गुन ९

वीरगन्ज। भारतको ओडिसा राज्यस्थित किट विश्वविद्यालयमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालका लागि न्याय माग्दै विद्यार्थीहरुले वीरगन्जमा मौन जुलुश प्रदर्शन गरेका छन् ।

भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत भैरहवाकी विद्यार्थी प्रकृति लम्साल फागुन ४ गते कलेजकै छात्रावासमा मृत भेटिएकी थिइन् । त्यसपछि प्रकृतिको न्यायका लागि माग राखेर आन्दोलनमा उत्रिएका त्यहि कलेजका नेपाली विद्यार्थीहरुलाई कलेज प्रशासनले गुण्डा र सुरक्षागार्ड लगाएर कुटपिट गर्दै कलेजबाट लेखेटेको थियो ।

शुक्रबार वीरगन्जका विभिन्न कलेजका विद्यार्थीहरुले मौन जुलुश प्रदर्शन गरेका छन् । आज शुक्रबार वीरगन्जको घण्टाघर चोकमा भेला भएका कलेजका छात्रछात्राहरुले मौन जुलुश निकालेका हुन् । घण्टाघर चोकबाट शुरु भएको मौन जुलुश माईस्थान, आदर्शनगर, नगरपालिका चोक,घडिअर्वा हुदै पुन घण्टाघर चोकमा पुगेर समापन भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्: