मधेसका मुख्यमन्त्री सतिश सिंहद्वारा वीरगन्जका ७ वटा अस्पतालमा अनुगमन

२०८१ फाल्गुन ७

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुर पछि वीरगन्जका ७ वटा अस्पतालमा अनुगमन गरेका हुन्।

सिंहले वीरगञ्जको प्रतिमा चोक स्थित नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर प्रालिलाई बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले आज वीरगन्जको निजी अस्पतालहरूको अनुगमन गर्ने क्रममा नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरले सञ्चालन स्वीकृति नलिएको पाईएकोले अस्पताल पूर्ण रुपले बन्द गर्न, अस्पतालमा उपचार गराईरहेका बिरामीको अन्यत्र स्थानान्तरण र अन्य नयाँ कुनैपनि बिरामी भर्ना नलिन निर्देशन दिएका छन्।

मुख्यमन्त्री सिंहको नेतृत्वमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत संतोष कुमार ठाकुर सहितको टोलीले वीरगञ्जको भवानी हस्पिटलबाट शुरु गरेको अनुगमन प्रभु अस्पताल, आशाराम अस्पताल, सर्वोत्तम अस्पताल, इण्डो नेपाल अस्पताल, स्पर्श मल्टिस्पेसियालिटी अस्पताल लगायतका अस्पताल अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा बसपार्क नजिक लिंक रोडमा रहेको भवानी हस्पिटल र बाईपासमा रहेको स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रालिलाई नविकरण नगरेको पाईएकोले नविकरण गर्न निर्देशन दिनुभएको छ । प्रभु अस्पताल र सर्वोत्तम अस्पताल भने संतोषजनक देखिएको टोलीका सदस्य ठाकुरले बताए ।

 

प्रतिक्रिया दिनुहोस्: