ठोरीमा एक भारतिय नागरिक मृत अवस्थामा भेटिए

२०८१ माघ २९

बीरगंज, २९ माघ ।

पर्सा जिल्लाको ठोरी गाउँपालिकामा आज विहान एक जना पुरुषको शव फेला परेको छ । हत्या गरि झाँडीमा फालिएको अवस्थामा ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

ठोरी गाउँपालिका-४, बाघमुर्चा आर्यघाट नजिकै आज एक वेवारिसे शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय ठोरीका इन्सपेकटर रन्जित लामाले थप अनुसन्धान गरि रहेको जानकारी दिए।

ठोरी गाउँपालिका वडा नम्बर ५ बाघमोर्चा पुलको दक्षिण र भारतिय सीमा नजिक आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक पुरुष छिमेकी मुलुक भारतको पश्चिमी चम्पारण मानपुर थाना अन्तर्गत चौहाटा निवासी राजदेव माझि रहेको पुष्टी भएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा उनको हत्या गरेर फालिएको हुनसक्ने आशंका छ ।

मृतकको साथबाट मोबाइल र डायरी फेला परेको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक रन्जित लामाले जानकारी दिए ।घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: