मधेशमा बाक्लो हुस्सु, पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

२०८१ माघ १०

काठमाडौँ । देशको पश्चिमी क्षेत्रमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यून चापिय प्रणालीको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तराईका धेरै स्थानहरूमा हुस्सुको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य तथा हवाई उडानमा समेत असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

७ वटै प्रदेशको मौसम 

कोशी प्रदेश:– आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

मधेस प्रदेश:– बिहान देखी धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्नेछ । दिउसो तथा राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

बागमती प्रदेश:– मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

गण्डकी प्रदेश:– हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।

लुम्बिनी प्रदेश:– पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहनेछ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

कर्णाली प्रदेश:–हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश:– हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्: