बारा । नेपाल -भारत सिमा क्षेत्रका बासिन्दा लाई मध्यनजर राख्दै सशस्त्र प्रहरी बल नेपालले आज बाराको मटिअर्वामा सिमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम सञ्चालन गरेका छन्।
सिमाक्षेत्रमा रहेका सिमाबासीलाई शिपमुलक तालिम दिई आत्मनिर्भर र दक्षता प्रदान गर्न सशस्त्र प्रहरी बल, नेपालको कार्यदेशानुसार सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सिमा सुराक्षा गुल्म मटिअर्वा मातहत रहेको FOB निलकण्ठवाको परिसरमा सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हे.क्वा.बाराको आयोजनामा सिमावासी सँग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अनुसार आयोजित ‘कपाल काट्ने’ शिपमूलक तालिम संचालन भएको छ।
यस शिपमुलक तालिम कार्यक्रमको प्रमुख अतिथि बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले उद्घाटन गरेर संचालन गरेका हुन्।
उक्त तालिम कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.१२ हे.क्वा.गणका निमित गणपति स.प्र.ना.उ.रविन सिलवाल, सशस्त्र प्रहरी बल नेपाल सिमा सुरा गुल्म मटिअर्वाका गुल्मपति स.प्र.ना.उ.बिदुर भट्टराई गायत स्थानिय जनप्रतिनिधिहरूको उपस्थिति थियो।
यस शिपमुलक तालिममा ५ जना पुरुष र १२ जना महिला गरी जम्मा १७ जना सिमाबासी प्रशिक्षार्थीहरुले तालिम लिंदै छन् । यसले सिमा पत्रमा हुने अबैध तस्करीलाई रोक्न टेवा पुर्तायाउनेमा सशस्त्र प्रहरीको विश्वास छ । तालिम २०८१ माघ ३० गते सम्म संचालन रहने सशस्त्र प्रहरीका डीएसपी बिदुर भट्टराईले राष्ट्र मार्ग खबर लाई जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्: