समाज
वीरगन्ज। पर्सा प्रहरीले वीरगन्जबाट साढे १९ किलो लागू ओैषध चरेस बरामद गरेको छ।
प्रहरीले वीरगन्ज महानगरपालिका-१६ गणेश टोलबाट १९ किलो ५०० ग्राम चरेस बरामद गरेको हो। विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज-१६ गणेश टोलको भित्री सडकबाट १३ वटा प्याकेटमा रहेको उक्त चरेस बरामद गरेको प्रहरी निरीक्षक निरोज चौलागाईले बताए ।
प्रहरीका अनुसार विशेष सुचनाको अधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोली गणेश टोलमा पुग्दा तस्कर मोटरसाइकलका चालकले चरेस रहेको बोरा फ्याँकेर फरार भएका थिए।
बरामद चरेस प्रहरी कार्यलयमा राखिएको र नम्बर खुल्न नसेकेको मोटरसाइकलमा सवार तस्करको खोजी भइरहेको प्रहरी निरीक्षक चौलागाईले बताए ।



प्रतिक्रिया दिनुहोस्: