राजनीति
काठमाडौं । न्याय परिषद्ले विशेषका एक सदस्य सहित उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।
आज बसेको न्याय परिषद् बैठकले विशेष अदालतका एक सदस्य, उच्च अदालतका ८ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।
विशेष अदालतका ८ न्यायाधीशमध्ये डा. खुसीप्रसाद थारुको उच्च अदालतको वीरगन्ज इजलासमा सरुवा सिफारिस भएको छ
भने उनको स्थानमा उच्च अदालत पाटनका न्यायाधीश बिदुर कोइरालालाई तोक्न पनि न्यायपरिषद्ले सरकारलाई परामर्श दिएको छ ।





प्रतिक्रिया दिनुहोस्: