समाज
बारा । बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा लाग्ने विश्वप्रसिद्ध गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार मधेस प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गढीमाई मेलाको विशेष पूजा हुने दिन मंसिर २३ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।
मुख्यमन्त्री सतिश कुमार सिंहले गढीमाई प्रति लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले बिदा घोषणा गरिएको बताए ।
उनले प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्: