बारा । मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गरेका हुन् ।
मन्त्री लेखीले मन्त्रालयका टोलि सहित शनिबार बाराको महागढीमाई नगरपालिकाको बरियारपुर स्थित गढीमाई मेलाको अवलोकन तथा निरिक्षण गरेका छन् ।
गढीमाई मेलाको अवलोकन तथा निरीक्षण पछि महागढीमाई नगरपालिकामा आयोजित छलफल कार्यक्रममा मधेशका गृह सञ्चार तथा कानुन मन्त्री लेखीले मधेश प्रदेशमा एकैपटक दुई ठूलो मेला लाग्ने भएकोछ (जनकपुर र गढीमाई) मेलामा सुरक्षामा कुनै किसिमको कसर बाकी नरहने गरि गृह मन्त्रालयले काम गरिरहेको बताए ।
पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीहरुको ठूलो भिड लाग्ने हुने गरेकाले ब्यवस्थापनमा कुनै कसर बाकी नराख्ने मन्त्री लेखीले बताए। बिवाह पन्चमीको अवसरमा जनकपुरमा र बरियारपुरमा लाग्ने गढीमाई मेला बरियारपुरमा मधेश सरकारको ध्यान केन्द्रित रहेको समेत मन्त्री लेखीले बताए ।
गढीमाई धार्मिक र पर्यटकीय हिसाबले पनि एउटा ठूलो अस्था बोकेको मन्दिर रहेकोले यसको संरक्षणमा केन्द्र सरकार र प्रदेश सरकारको ध्यान अहिले केन्द्रित रहेको मन्त्री लेखीले छलफलको क्रममा बताए ।



प्रतिक्रिया दिनुहोस्: