पृथ्वीराजमार्ग २० दिनसम्म साढे चार घण्टा बन्द

२०८१ मंसिर ३

पोखरा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने – देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ ।

पोखरा – मुग्लिङ  निर्माणाधीन रहेको सडक अन्तर्गत छिर्कने देउराली सडक खण्डमा कामलाई तीव्रता दिन यही मंसिर २३ गते सम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवागमन बन्द गर्न लागिएको हो । उक्त सडक खण्डलाइ दुई चरणमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) कार्यालयले जानकारी दिएको छ ।

आज राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माण गरिनेछ । राति १ बजेदेखि १ः३० बजेसम्म सडकमा सवारी आवागमन खुला गरिनेछ भने दोस्रो चरणमा राति १ः३० बजेबाट विहान ४ बजेसम्म सडक बन्द गरी निर्माण कार्य गरिने कार्यालयका प्राविधिक विष्बणु प्रसाद पाण्डेले जानकारी दिए । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्: