समाज
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु र १८ जना भएका छन्।
भुमिकास्थान नगरपालिका–५ र ६ को सिमाना जयठाटीमा सोमबार साँझ ना३ख २४७१ नम्बरको बसको ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।
बसको ब्रेक फेल हुँदा बाटोमा भैलो खेलिरहेका समूहलाई ठक्कर दिँदा घटनास्थलमै एक जना महिलाको मृत्यू भएको र उपचारको क्रममा तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा ज्यान गएको डीएसपी मल्लले बताए । डीएसपी मल्लका अनुसार मृत्यु हुनेमध्ये २२ वर्षीया तारा श्रेष्ठको सनाखत भएको छ भने एक जनाको सनाखत हुन बाँकी छ । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस्: