समाज
वीरगञ्ज । पर्सा प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिकामा लगाइएको प्रतिबन्धित गाँजा खेती फडानी गरि नष्ट गरकेो छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुर स्थित कोईलाभार साझेदारी वन क्षेत्र भित्र अं.१० कट्ठा बराबरको जग्गामा अबैध रुपमा लगाईएको गाँजा खेती नष्ट गरेका छन्।
अवैध रुपमा लगाइएको तीन हजार पाँच सय गाँजाको बोट फडानी गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्: