राष्ट्रपति पौडेलले गरे विभिन्‍न शक्तिपीठमा दर्शन पूजा

२०८१ अशोज २५

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८१ का अवसरमा आज काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठहरुमा दर्शन एवं पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेलले पनि उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गरेकी छिन् ।

आश्विन शुक्ल पक्षको प्रतिपदा देखि दशमीसम्म (नवरात्र) विजयादशमी शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ । यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् । बडादशैंका सन्दर्भमा आज महाअष्टमी र महानवमी एकै दिन परेकोले काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्: