समाज
काठमाडौं । तीन दिनदेखिको भारी वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ, ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाको मृत्यु भएको छ ।
यस्तै, दोलखामा ३, सिन्धुलीमा २, धनकुटा २, महोत्तरी २, रामेछाप १, झापा १, उदयपुर १, इलाम १, सप्तरी १ र नुवाकोटमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्: