खोलाले मोटरसाइकल बगायो

२०८१ अशोज १२

झापा । झापाको कचनकवल गाउँपालिका वडा नम्बर–२ मा अमरखुट्टा खोलाले मोटरसाइकल बगाएको छ ।

गएराति प्रदेश–१–०२–०५ प ६९७८ नम्बरको मोटरसाइकल बगाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताउनुभयो ।

कचनकवल गाउँपालिका–२ घर भएका मोटरसाइकल चालक २७ वर्षीय रविन भट्टराई सकुसल छन् । मोटरसाइकलको खोजी भइरहेको डीएसपी चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: