बाढी पहिरो: विपद्‌बारे छलफल गर्न गृहमन्त्रीले डाके केन्द्रीय सुरक्षा समितिको बैठक

२०८१ अशोज १२

काठमाडौं । बिहीबार देखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक  डाकेका छन् ।

बैठक आज बिहान साढे १० बजे बोलाइएको छ ।

विपद्मा परेका नागरिकको राहत, उद्दार तथा सहायता लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको गृहमन्त्री सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्: