लेदो खसेर नौबिसे–काठमाडौं सडक अवरुद्ध

२०८१ अशोज ११

काठमाडौं । अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

नौविसे-काठमाडौें सडक खण्डको धुनिवेशी नगरपालिका -९ स्थित लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ। मध्यान्ह २ बजेतिर धुनिवेशी नगरपालिका–९ स्थित सुरुङ मार्ग नजिकै लेदो आएको प्रहरीले जनाएको छ।

पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: