समाज
सुनसरी । सप्तकोशी नदीमा यात्रुवहाक बस खसेको छ । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस बिहीबार साँझ खसेको सुनसरीका सशस्त्र उपरीक्षक समयनन्द बज्राचार्यले राष्ट्रमार्ग खबरलाई जानकारी दिए ।
सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेकाे बसबाट २० जनालाई उद्दार गरेर उपचारका लागि पठाइएकाे जानकारी दिए ।
विराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको बस कोशी ब्यारेज पुलकाे ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियाे ।
तीब्र गतिमा रहेकाे बस साझ ६ बजे चिप्लिएर नदीमा खसेकाे थियाे । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । नदीमा खसेकाे बस निकाल्ने प्रयास भइरहेकाे एसपी रेग्मीले बताए ।



प्रतिक्रिया दिनुहोस्: