समाज
बारा । बाराको कोल्हवी नगरपालिका–२ भलुवाहीखोरस्थित राष्ट्रिय वन क्षेत्रनजिकै शनिबार राति करेन्ट लागेर हात्तीको मृत्यु भएको छ ।
वनसँगै रहेको रमेश जीसीको धान खेतको वरिपरि लगाइएको फलामे तारबाट करेन्ट प्रवाह भएर अन्दाजी १७ देखि २० वर्षसम्मको भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय सिमराका प्रमुख डीएफओ राजीवकुमार झाले बताए ।
पर्सा राष्ट्रिय निकुञ्जबाट आएको पशु चिकित्सकको टोलीले हात्तीको पोस्टमार्टम गरेपछि जंगलमै गाड्ने तयारी भइरहेको झाले बताए ।
‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ डिभिजन प्रमुख झाले भने, ‘करेन्ट हाल्ने जग्गाधनीसित सोधपुछका लागि खोजी भइरहेको छ ।’ धान चर्न गएको बेला करेन्ट लागेर हात्तीको मृत्यु भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्: