पहिरोले सुर्खेत -जुम्ला राजमार्ग फेरि अवरुद्ध

२०८१ भदौ २७

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत-जुम्ला सडक फेरि अवरुद्ध भएको छ । बुधबार बेलुकीको अविरल वर्षापछि पहिरो जाँदा कर्णाली राजमार्गअर्न्तगत पर्ने कालीकोटको गगने खोला देखि हुम्ला सम्म करिव १२ किमि सडक अवरुद्ध भएको छ।

पहिरोले शुभकालिका-१ मा पर्ने गगने खोला, एस मोड, काले खोला जुम्ला सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि गाडी र यात्रु बाटोमा अलपत्र छन् । सधैँ पहिरो गइरहने गगने खोलामा ठूलो पहिरो गएको प्रहरीले जनाएको छ । वर्षाले जितेको छहरामा पानी बढेर प्रहरी पनि पहिरो गएको ठाउँसम्म पुग्न नसकेको जानकारी प्राप्त भएको छ ।

गगने खोलामा पहिरो गएपछि ठाउँ-ठाउँमा गाडी अलपत्र परेको छ। वर्षा नरोकिँदासम्म मेसिन पनि जानसक्ने अवस्था नरहेकाले काम गर्न कठिन भएको सडक डिभिजन कार्यालय जुम्लाका सुपरभाइजर बुद्धि बरालले बताएका छन्।

पहिरोले सडक अवरुद्ध भएकाले कर्णाली राजमार्गमा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र हिड्न जिल्ला प्रहरी कार्यालय कालीकोटले सामाजिक सञ्जालमार्फत सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: