अर्थ
राजविराज । सप्तरीमा कृष्ण जन्माष्टमी पर्व मनाएर मूर्ति सेलाउन गएका एक युवकको त्रियुगा नदीमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीकानुसार सप्तकोशी नगरपालिका–२, पसार्हा निवासी रामकुमार राज धामीका २२ वर्षीय छोरा रोहनको नदीमा डुबेर मृत्यु भएको हो ।
स्थानीयवासीसँगै सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित त्रियुगा नदीको हेडबाँधमा मूर्ति सेलाउन गएका रोहन पानीमा डुबेकामा स्थानीयले उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए ।
उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्: