
काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
बुधबार बेलुका पौने ६ बजे पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री कच्ची सडक खण्डमा आरूघाट खोलाबाट खादर जाँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप सडकबाई अन्दाजी ३० मिटर तल खसेको पाल्पा प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनामा परी पाल्पाको निस्दी गाउँपालिका(४ का ६ वर्षीय राजिब सुनारी र २० वर्षीय तेजन सोमाईको मृत्यु भएको हो।
तेजनको उपचारका क्रममा नवलपरासीको मध्यविन्दु अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा १३ जना घाइते भएका छन्।
डिएसपी श्रेष्ठका घाइतेहरू सबै निस्दी गाउँपालिका–४ का हुन्।
२७ वर्षीया धामिसरा सुनारी, ७४ वर्षीया माया खङ्गा, २८ वर्षीय नुरेस खाम्चा, २४ वर्षीय इसानी गाहा, ४० वर्षीया दरिमा मश्राङ्गी, २० वर्षीय हिरा खङ्गा, ४३ बर्षीया बनि सुनारी, ३१ वर्षीय सुरबहादुर सोमई घाइते छन्।
त्यस्तै २८ वर्षीया कुसुम सारू थापा, उनकी साढे २ वर्षकी छोरी मनिका सारू, १७ वर्षीया हेमसरी घर्ती र निस्दी गाउँपालिका–३ का ६६ वर्षीया खुमबहादुर सोती घाइते छन्।
उनीहरू मध्ये केहीलाई नारायणी सामुदायिक अस्पताल, चितवन मेडिकल कलेज र मध्यविन्दु अस्पतालमा उपचार भइहरको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्: