वीरगन्ज। पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्ष पदमा भुलन प्रसाद सोनार दोस्रो कार्यकालको लागि पुनः निर्वाचित भएका छन्। भुलनले आफ्नो प्रतिद्वन्दी प्रवेश कुमार प्रसाद सोनारलाई १३ मतले पछि पार्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । भुलनले कुल १६२ मत प्राप्त गरे भने प्रवेशले १४९ मत ल्याएका थिए।
संघको उपाध्यक्ष पदमा कौशलकिशोर सर्राफ र जय प्रकाश सर्राफ विजयी भएका छन्। कौशलले १५३ मत प्राप्त गरे भने जय प्रकाशले १४४ मत पाए। महासचिव पदमा अनिल कुमार सरार्फले १७७ मत प्राप्त गर्दै विजयी हासिल गरे।
सचिव पदमा विकास कुमार सर्राफ १४६ मत सहित विजयी भए भने कोषाध्यक्ष पदमा विजय कुमार सर्राफ १५१ मत ल्याएर विजयी भएका हुन्। त्सयसैगरी सदस्यहरूमा विजय कुमार सर्राफ (आदर्श), मनोज कुमार साह सोनार, लछुमन कुमार सर्राफ, विजय कुमार सर्राफ (भिम), शशी प्रसाद सोनार, सुरज सर्राफ विजयी भएका छन्। महिला सदस्यका रूपमा पुजा देवी निर्वाचित भएकी छिन्।
शनिबार सम्पन्न भएको मतदानमा ३५० जना मतदातामध्ये ३२३ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए।



प्रतिक्रिया दिनुहोस्: