सोलुखुम्बुको थामेमा आएको भीषण बाढी : उद्धारको लागि सेना, प्रहरी परिचालन गर्न निर्देशन

२०८१ साउन ३२

काठमाडौँ । सोलुखुम्बुको थामेमा आएको भीषण बाढी र त्यसबाट थामेखोला तथा दुधकोशी नदी तटीय क्षेत्रमा खोज तथा उद्धार र विपद व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।

गृह मन्त्रालयले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) लाइ बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र व्यवस्थापनमा खटाउन निर्देशन दिएको हो । बाढी आएको स्थान पासाङल्यामु गाउँपालिका–५ थामेमा पर्छ । थामेमा आएको बाढी अहिले थामे खोला हुँदै दुधकोशी नदीमा मिसिएको छ ।

रक्षामन्त्री मानवीर राईले विपदसँग जुध्न सबै किसिमका उपाय अपनाउने गरी रक्षा मन्त्रालयले गृहसँग समन्वय गरेको र सोहीअनुसार सुरक्षाकर्मी परिचालन नर्ग निर्देशन दिइएको बताए ।

राईका अनुसार हालसम्म बाढीले नदी प्रवेश गरी पुल र अरु भौतिक संरचनामा क्षति पुर्‍याएको विवरण आइनसकेको पनि बताए । रक्षामन्त्री राई बाढी आएको खुम्बु पासाङल्यामु गाउँपालिकाको छिमेकी पालिका माप्य दुधकोशी गाउँपालिकाका स्थानीय हुन् ।

प्रतिक्रिया दिनुहोस्: