लागूऔषध गाँजासहित २ जना पक्राउ

२०८१ साउन २४

वीरगंज । प्रहरीले लागूऔषध ५ किलाे गाँजासहित सखुवाप्रसौनी गाउँपालिका–५ सोलखपुरबाट २ जनालाई पक्राउ गरेको छ ।

सोलखपुरस्थित महुवन-पटेर्वा सुगौली सडक खण्डमा पर्टेवा सुगौलीबाट महुवनतर्फ आउँदै गरेको ना३८प १८२५ नम्बरको मोटरसाइकललाई रोकी खानतलासी गर्दा ५ किलो गाँजा फेला परेको हो । मोटरसाइकल चालक पर्सागढी नगरपालिका–७ का ३३ वर्षीय बालेश्वरप्रसाद यादवले आफ्नै शरीरमा लुकाइछिपाइ राखेको साढे दुई किलो र पछाडि सवार सोही ठाउँका ५५ वर्षीय देवेन्द्र यादवले आफ्नो शरीरमा लुकाइछिपाइ ल्याएकाे त्यति नै मात्राको गाँजा पक्राउ परेकाे हाे ।

मोटरसाइकल र गाँजासहित दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरिया ल्याइएको र उनीहरुविरुद्ध लागूऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी दीपक भारतीले बताए ।

प्रतिक्रिया दिनुहोस्: