(हिरा चौरसिया) बीरगंज, ०२ जेठ। पर्साको पोखरीया नगरपालीकाको वडा नं. २ लमरियामा रहेको विद्यालयमा प्रधानाध्यापकको लापरवाहीका कारण बालबालिकाहरु दीवा खाजा खानबाट बञ्चित भएका छन् । श्री नेपाल राष्ट्रीय रामचन्द्र राउत सलोतरी देवी अहीर प्राथमिक विधालय लमरियामा प्रधानाध्यापक प्रयाग साहको लापरवाहीका कारण बालबालिकाहरुले दीवा खाजा खान नपाएको भेटीएको छ।
सो विधालयमा कक्षा ६ सम्म पढाइ हुने गरेपनि विधार्थी संख्या अत्यन्त न्यून रहेको छ । बाल विकास कक्षामा ३० जना कक्षा १ र २ मा ३९ जना , कक्षा ३ र ४ मा ५ जना ,कक्षा ५ मा ६ जना र कक्षा ६ मा ११ जना विधार्थी संख्या आज भेटीएको थियो । विधालयमा अध्यनरत रहेका कुल विधार्थी संख्या प्रधानाध्यापक संग बुझदा प्र. अ. साहले बताउन चाहेनन ।
सरकारले सामुदायिक विद्यालयमा बालविकासदेखि कक्षा ६ सम्म अध्ययन गर्ने सबै विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको छ। बालबालिकाको वृद्धिविकासमा सहयोग गर्ने र विद्यालय शिक्षामा भर्नादर अभिवृद्धि गर्ने उद्देश्यले सुरु भएको दिवा खाजा कार्यक्रमलाई उक्त विद्यालयलका प्रधानध्यापक साहले आफूखुसी गर्दै आएका छन्।
प्रधानाध्यापक प्रयाग साहले नगरपालिकाले पैसा नपठाएका कारणले बालबालिकाहरुको दीवा खाजा बन्द भएको बताए । यता ,पोखरिया नगरपालिकको शिक्षा शाखा प्रमुख विजय झा संग बुझ्दा खाजा बन्द भएको कुरा प्र. अ.ले आफूलाई जानकारी नदिएको भन्दै उपस्थित विधार्थी संख्या विधालयले न पठाउदा समस्या भएको जानकारी दिए ।
सरकारले एक विधार्थी बराबर १५ रुपियाको दरले खाजा भत्ता उपलब्द गराउदै आएको छ। समुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन, विद्यालयमा विद्यार्थी पूरा समय टिकाइराख्न, विद्यार्थी भर्नादर बढाउनका लागि समुदायिक विद्यालयमा लागू गरिएको दिवा खाजा कार्यक्रम ‘सेटिङमा भ्रष्टाचार’ गर्ने माध्यम बनेको छ । करौडौं खर्च भइरहेको यो कार्यक्रमको उपलब्धि नदेखिनुमा रकममा भ्रष्टाचार कारण बनेको छ ।
के हो दिवा खाजा कार्यक्रम ?
विभिन्न खोज र अनुसन्धानबाट समेत पुष्टि भइसकेको पोषण र सिकाइबीचको अन्योन्याश्रित सम्बन्धलाई आत्मसात् गरी नेपाल सरकारले सामुदायिक विद्यालयमा लागू गरेको महत्त्वपूर्ण कार्यक्रम हो– दिवा खाजा कार्यक्रम। ‘स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण हुन्छ’ भन्ने मान्यतालाई स्वीकार गरी नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ बाट देशका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म र हाल कक्षा ६ सम्मका सबै विद्यार्थीका लागि दिवा खाजा व्यवस्था गरेको छ। त्यसो त, सन् १९६७ देखि नै यो कार्यक्रम केही जिल्लामा लागू भएको थियो। एक बालकले खानाबाट दैनिक प्राप्त गर्नुपर्ने पौष्टिकताको कूल अंशमध्ये दिवा खाजाबाट ३० प्रतिशत प्राप्त गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यताबाट प्रभावित भई यो कार्यक्रम लागू गरिएको छ।



प्रतिक्रिया दिनुहोस्: