पर्साबाट ५ सय ७० पीस नाइट्राभेटसहित दुईजना पक्राउ

२०८१ साउन १०

बीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले बीरगंज महानगरपालिका वडा नम्बर २५ खल्वाटोलस्थितबाट प्रतिबन्धित ट्याब्लेटसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षका सुरज साह कलवार र सोही ठाउँका २० वर्षीय सलमान अन्सारी रहेका प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले चलाएको जाँच अभियानका क्रममा उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

शंकास्पद पैदल हिडीँरहेका अवस्थामा प्रहरीले जाँच गर्दा उनीहरुले लगाएको जुत्ता र शरीरमा कालो प्लाष्टिक लुकाइछिपाई राखेको अवस्थामा लागु औषध बरामद भएको डिएसपी भारतीले जनाए ।

प्रहरीले उनीहरुको साथबाट ३८ पत्तामा ५७० पिस नाइट्राभेट ट्याब्लेट फेला पारेको उनले बताए । पक्राउ परेकाहरुमाथि लागु औषधसम्बन्धि कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्: