भारी वर्षाका कारण सिन्धुपाल्चोकका साना-ठूला सडक अवरुद्ध

२०८१ साउन ६

काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षासँगै खसेको पहिरोले मुख्य र शाखा सडकहरु ठाउँ-ठाउँमा अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोले तातोपानी जोड्ने अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।  एक ठाउँमा मात्र होइन जिल्लाका ३०-४० ठाउँमै पहिरोले सडकमा क्षति पुर्‍याएको छ।

बाह्रबिसे–तातोपानी सडकखण्डको डाक्लाङ भन्ने स्थानमा सडक भासिएपछि दुईतर्फी नै राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।  प्रहरीका अनुसार सडक मर्मतको काम भइरहेको छ ।

तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकका ढुङ्गे, गोबरे, गुम्थाङ, भोताङ र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । सो क्षेत्र भएर बग्ने मेलम्ची, इन्द्रावती र सहायक खोलाहरूमा बाढीले र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन विभागले एसएमएस पठाएर अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: