चितवनमा एक जनाको शव फेला परेको छ

२०८१ असार २९

चितवन । चितवनको  भरतपुर  महानगरपालिका २८ मा एक भारतीय नागरिककाे शव फेला परेको छ।नारायणी नदी किनारमा घाेप्टाे परेको अवस्थामा शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ ।

उनको साथमा रहेको रासन कार्डकाे आधारमा शवकाे पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

शव भेटिएका व्यक्ति सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेकाे बसका यात्रु हुनसक्ने अनुमान गरिएको छ । पुष्टि गर्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्: