गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा आज दोस्रो रथयात्रा

२०८१ असार २३

वीरगञ्ज / वीरगन्जको प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा आज आईतबार निकालिएको छ। वीरगञ्ज महानगरको ऐतिहासिक धरोहरको रुपमा रहेको गहवामाई मन्दिरको रथयात्रालाई मधेश प्रदेशको मुख्यमंत्री सतिश कुमार सिंहले आज विहान ७.३० बजे पूजाअर्चना गरी रथयात्रा शुभारम्भ गरेका हुन्।

यसैगरी आज आईतबार बेलुका ६ बजे भजन किर्तन आयोजना गरिने छ र असार २४ गते बेलुका ५ बजे महा भंडारा प्रसाद ग्रहण कार्यक्रम रहेको आयोजकहरूले जनाएका छन्। गत वर्षदेखि सुरु भएको रथयात्रालाई निरन्तरता दिँदै यस वर्ष थप व्यवस्थित र आकर्षक बनाइएको छ।

रथयात्रालाई सफल बनाउन र थप भव्य बनाउनका लागि स्थानीय बासिन्दा र श्रद्धालुहरूको उत्साहपूर्वक सहभागिता रहेका छ। रथयात्राले वीरगञ्जको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: