रास्वपाका मन्त्रीहरु राजीनामा नदिई बालुवाटारबाट फर्किए, प्रधानमन्त्रीलाइ छिटो विश्वासको मत लिन आग्रह

२०८१ असार २०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु राजीनामा दिने तयारीका साथ बालुवाटार पुगेका थिए। तर प्रधानमन्त्री प्रचन्डसँगको छलफल पछी उनिहरु राजिनामा नदिएर फर्केका छन्।

प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘राजीनामा बुझाउन गएका थियौं । सम्मानीय प्रधानमन्त्रीले छलफल गर्नुपर्‍यो भन्नुभयो । कुरा गर्यौं,’ उनले भने, ‘आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु, संसदलाई फेस गर्छु भन्नुभयो । हामीले पनि सम्मान गर्दै चाँडै गर्न भनेका छौं ।

त्यसैगरी  राजीनामा बुझाउन बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मन्त्रीहरुको प्रधानमन्त्रीसँग छलफल पछि छिटो विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

बिहानको छलफलमा प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकार प्रयोग गर्ने र संसदलाई जवाफ दिने बताएकाले तत्कालै विश्वासको मत लिन आग्रह गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘संसदलाई फेस गरिरहँदा मलाई साथ दिनुस् भन्नुभयो । हामी त्यसै पनि अर्को गठबन्धनमा, अर्को सरकारमा जाँदैनौं’, परियारले भने, ‘हामीले उहाँलाई तत्कालै जतिसक्दो चाँडो संसदलाई फेस गर्ने मिलाउनुहोला, हामी पनि पार्टीमा आन्तरिक छलफल गर्छौं भन्यौं ।’

प्रतिक्रिया दिनुहोस्: