लागू औषधसहित दुई जना पक्राउ

२०८१ असार १९

रौतहट । ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध नशालु इन्जेक्सनसहित दुई जना भारतीय नागरिकलाई रौतहटमा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० वर्षीय रोशन कुमार र सोही ठाउँ वडा ३ का १८ वर्षीय अमीत कुमार रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डीएसपी गेहेन्द्र भण्डारीले बताएका छन्।

गएराति ९ बजेको समयमा गौरबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना १ ज ७१०९ नम्बरको म्याजिक गाडी चेक जाँच गर्दा दुवैजनाले सिट मुनी लुकाइराखेको प्रतिबन्धित नोरफिन इन्जेक्सन २९९ एमपुल, प्रोमेथाजिन इन्जेक्सन २९९ एमपुल र डाईजीपाम ३०० एमपुल गरी कुल ८९८ थान नशालु इन्जेक्सन बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताए ।

बरामद नशालु इन्जेक्सन सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: