काठमाडौं । सरकारलाई दिएको समर्थन नेकपा एमालेले आजै फिर्ता लिने तयारी गरेको छ ।
मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको छ ।
नेपाली कांग्रेस र दोस्रो ठूला दल नेकपा एमाले मिलेर जाने निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा गरेर सहयोग गर्नु राम्रो कुरा हो । किनकि उहाँको अंक पुग्दैन, सरकार चल्दैन तर प्रक्रियामा जान चाहनु हुन्छ भने हामी आजै समर्थन फिर्ता लिन्छौं । हाम्रा मन्त्रीहरु फर्कनु हुन्छ । नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए।
आजै साँझसम्म सरकारलाइ दिइएको समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामाबारे निर्णय हुने उनले बताए । गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ ।
सहमति अनुसार पहिलोपटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन् ।



प्रतिक्रिया दिनुहोस्: