निश्चित ब्यक्तीलाइ जोगाउन सत्ता समिकरण फेरियो : गृहमन्त्री लामिछाने

२०८१ असार १८

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् ।

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्

लमिछानेले भने, ‘रातारात जे भएको छ, यसमा केही भन्नु पर्ने नै छैन, सबै स्पष्ट नै छ नि ।

उनले भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठूला दललाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आएको बताए । लामिछानेले भने, ‘संविधान जोगाउन खोजेको की कसैलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सकिंदैन त ।

प्रतिक्रिया दिनुहोस्: