देशैभर मनसुन सक्रिय, जनजीवन प्रभावित हुनसक्ने

२०८१ असार १२

काठमाडौं । विगतका तुलनामा मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन् । मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएको छ । त्यसैले नेपालमा पूर्वदेखि पश्चिमसम्मको ठाउँ–ठाउँमा वर्षा गराउने बादल सकृय भएको छ ।

त्यसैको प्रभावले विगत तीन घण्टायता कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत भएको छ

आज काठमाडौं उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद सञ्जिव अधिकारीका अनुसार काठमाडौंमा आज दिउँसोको तुलनामा रातिमा बढी वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्: