ईशनाथ नगरपालिकाको नवौ नगरसभा सम्पन्न 

२०८१ असार ८

रौतहट । रौतहटको ईशनाथ नगरपालिकाले आफ्नो नवौ नगरसभा सम्पन्न गरेको छ । सनिबार एक कार्यक्रमा बिच नगरप्रमुख कौशल्या देवीले आर्थिक बर्ष २०८०। ०८१ को अनुमानित निती, कार्यक्रम तथा वजेट प्रस्तुत गरेका हुन् ।

मेयर देवीले आर्थीक बर्ष २०८०। ०८१ को लागी कुल ५१ करोड चानचुन वराबरको वजेट प्रस्तुत गरेका हुन् ।

यसबर्षको वजेटमा मुख्यतः कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथामिकतामा राखिएको छ । बजेट प्रस्तुत गदै मेयर देवी आफ्नो पहिलो कार्यकालमा वाँकी रहेको कामकाजलाई पुणर्ता दिने किसिमको यस बर्षको वजेट विनियोजन गरिएको बताउनु भएका हुन ।

नेपाल सरकारको सशर्त अनुदानमार्फत ,प्रदेश सरकार, आन्तरिक स्रोतमार्फत लगायत गतबर्षको वाँकी रहेको मौज्दातमार्फत रकममार्फत सो वजेट विनियोजन गरिएको हो ।

बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर देवीले प्राविधिक दृष्टिले उपयुक्त, सामाजिक रुपमा सन्तुलित एवं राजनैतिक रुपमा स्वीकार्य विकास प्राप्तिका लागी समन्वय कायम गर्दै विकासका सांझा गन्तव्यमा अगाढी बढदै ,धार्मिक, पौराणिक एवम् ऐतिहासिक सम्पदाको धनी रहेको ईशनाथलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

विशेष आतिथ्य तथा अन्य नेताहरु,नगरवासी र विशिष्ट पाहुनाहरुको उपस्थितिमा मेयर देवीले कार्यक्रम र बजेट प्रस्तुत गर्दै ईशनाथ नगरपालिकाद्वारा प्रस्तुत बजेटको अक्षरस पाल्ना हुने र बजेटमा प्रस्तुत गरिएका शिर्षकहरुमा सफलताका साथ कार्यक्रमहरु संचालन गरिने बताएकी हुन ।

यो नगर धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा रहेको ईशनाथलाई जोडेर यहाँ पर्यटक भित्रयाउनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र झाले जोड दिएका छन् । वहाँले ईशनाथ वासीको सहयोग गर्नका लागि आफुले सम्बन्धित निकायमार्फत तयार रहेको प्रतिवद्ध जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्: