शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य तीन निर्णय सार्वजनिक

२०८३ जेष्ठ २९

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य तीन निर्णय सार्वजनिक गरिएका छन् ।

शिक्षामन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका सस्मित पाेखरेलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बसेकाे बैठकका मुख्य तीन निर्णय सार्वजनिक गरेका हुन् ।

यस्ता छन् निर्णयहरु:

१.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को म्याद २०८३ असार मसान्तसम्म थप गर्ने ।

२.सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने।

३.श्री रमेश कुमार धिताल, सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने ।

 

 

प्रतिक्रिया दिनुहोस्: