प्रधानमन्त्रीले आज संसद्मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

२०८३ बैशाख ३०

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।

प्रतिनिधि सभाको बैठक बुधबार बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि केन्द्रित रहने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ

सांसदहरूले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा प्राप्त संशोधनहरू प्रस्तुत गर्नेछन् र त्यसमाथि दफावार छलफल हुनेछ । आजको बैठकमा प्रधानमन्त्री शाहले छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम समेत तय गरिएको छ । संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रमलाई पारित गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस्: