अर्थ
काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपालको संविधानको धारा ९५ को प्रावधान बमोजिम राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको हो ।
सम्माननीय राष्ट्रपति पौडेलले आज अपराह्न ४ बजे संघीय संसद्का दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गर्ने छन् ।
सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्: