राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी

२०८३ बैशाख १९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज शनिबार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार जारी गरिएका अध्यादेशहरूमा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन् ।

संसद् अधिवेशन नचलेको अवस्थामा सरकारले तत्काल आवश्यक ठानेका यी विषयहरूलाई कानुनी रूप दिन अध्यादेशको बाटो रोजिएको हो ।

प्रतिक्रिया दिनुहोस्: