शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सिआइबीलाई सर्वोच्चको आदेश

२०८३ बैशाख १५

काठमाडौं । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राखेको विरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ ।

गोल्छाका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले वैशाख १४ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेपछि मंगलबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले उक्त आदेश जारी गरेको हो।

अदालतले पक्राउ तथा थुनाको कारण खुल्ने लिखित जवाफसहित उनलाई निर्धारित समयभित्र उपस्थित गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशनात्मक आदेश दिएको छ।

यसअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले गोल्छामाथि थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो । गोल्छालाई वैशाख १० गते सीआईबीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्: